इलाम। इलाम निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका निश्कल राई विजयी भएका छन्।
कांग्रेसका राइले १४ हजार ५४३ मत ल्याएर विजयी भएका हुन्।
राइले श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बुलाई झिनो मतान्तरले हराएका हुन् । लिम्बु १३ हजार ६३२ मतमा ल्याएका छन् ।
यस निर्वाचनमा निकै चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विमल गदाल (घण्टी चुनाव चिन्ह) ले ९ हजार १६० मत प्राप्त गरे ।
पूर्वमा श्रम संस्कृति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको लहरबीच कांग्रेसले आफ्नो पुरानो विरासत जोगाउन सफल भएको छ। यो सँगै कांग्रेसको १८ सीट पुगेको छ ।