Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुखलाई निश्कल राईको प्रश्न- हिजो बेलमा पलेटी कसेर पुस्तक पढ्ने र निलो रिबन बाँध्नेहरूले आज मर्यादा सिकाउने ?

सभामुखलाई निश्कल राईको प्रश्न- हिजो बेलमा पलेटी कसेर पुस्तक पढ्ने र निलो रिबन बाँध्नेहरूले आज मर्यादा सिकाउने ?

बिहिवार , जेठ ७, २०८३

काठमाडौं। प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद निश्कल राईले हिजोको ‘निलो स्कार्फ’ र आजको प्लेकार्ड आन्दोलनलाई एकै प्रकारले लिनुपर्ने बताएका छन् । 

प्रतिनिधिसभामा सभामुख डोलप्रसाद अर्यालले सांसद हर्कराज राईको व्यवहारप्रति प्रश्न उठाएको विषयमा असन्तुष्टि जनाउँदै यस्तो भनेका हुन् ।

सभामुखलाई विगतमा आफु प्रतिपक्षमा हुँदा अपनाएको व्यवहार स्मरण गराउँदै भने- 'आज सत्तामा हुनेहरू हिजो प्रतिपक्षमा हुँदा निलो स्कार्फ बाँधेर बेल घेर्ने, बेलमै पलेटी कसेर बस्ने र पुस्तक पढ्ने गर्नुहुन्थ्यो। आफैँले गर्दा मर्यादित हुने, अरूले जबाफदेहिता खोज्दा अमर्यादित कसरी हुन्छ ?'

राईले तत्कालीन प्रतिपक्ष दलले सरकारको जवाफदेहिता खोज्दै नीलो स्कार्फ बाँधेर संसद्को वेल घेर्ने, पलेँटी कसेर बस्ने र पुस्तक पढ्ने जस्ता गतिविधि गरेको स्मरण गराउँदै अहिलेको विरोधलाई मात्र अमर्यादित भन्न नमिल्ने बताए।

 

 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077