Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने व्यवस्थाप्रति कांग्रेसको आपत्ति

भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने व्यवस्थाप्रति कांग्रेसको आपत्ति

हामी यति सुप्रिम कसरी हुन सक्छौँ ?

सोमवार , बैशाख २८, २०८३

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावलीको प्रस्तावित नियम २५९ प्रति आपत्ति जनाउँदै भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने प्रयास भएको आरोप लगाएको छ ।

प्रतिनिधिसभा नियमावली मस्यौदाको नियम २५९ मा ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि सभा, समिति र सदस्यको हकमा यो नियमावली संघीय कानूनको रूपमा रही विशेष कानूनसरह लागू हुने’ व्यवस्था गरिएको छ ।

त्यसैगरी नियमावलीमा ‘यो नियमावली प्रतिनिधिसभा सदस्यको विशेषाधिकारको रूपमा रहने’ उल्लेख गरिएको छ । उक्त व्यवस्थाले अन्य प्रचलित कानूनमार्फत सांसद पद निलम्बन गर्न सकिने प्रावधानलाई निष्क्रिय बनाउने उद्देश्य राखिएको भन्दै कांग्रेसले प्रश्न उठाएको हो । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समय लिएर कांग्रेसका सचेतक निश्कल राईले उक्त व्यवस्थाप्रति आपत्ति जनाएका हुन् ।

प्रस्तावित नियम २५९ भ्रष्टाचार निवारण ऐन र सम्पत्ति शुद्धीकरणसम्बन्धी कानूनसँग बाझिने दाबी गर्दै उनले प्रश्न गरे–‘भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने व्यवस्था किन गरिएको हो ?

‘संसद्, संसदीय समिति र सांसदलाई अन्य कानूनले छुनै नसक्ने गरी हामी यति सुप्रिम कसरी हुन सक्छौँ ?’ उनको अर्को प्रश्न थियो । 

उनले सरकारले अध्यादेशमार्फत शासन चलाउन खोजेको आरोपसमेत लगाए । विशेषगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले संविधानको मूल मर्ममाथि प्रहार गरेको उनको भनाइ थियो ।

राईले ६ सदस्यीय संवैधानिक परिषदमा तीन जनाले मात्रै निर्णय गर्न सक्ने तथा मत बराबर हुँदा प्रधानमन्त्रीको पक्षलाई निर्णायक मान्ने व्यवस्था स्वीकार्य हुन नसक्ने बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077