Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

महावीर पुनमाथि दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ

महावीर पुनमाथि दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ

बिहिवार , फाल्गुण २८, २०८२

काठमाडौं । नवनिर्वाचित सांसद तथा वैज्ञानिक महावीर पुनमाथि दुर्व्यवहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–१३ बाँझापाटन बस्ने ४३ वर्षीय विकास गुरुङलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार फागुन २५ गते पोखराको पृथ्वीचोक क्षेत्रमा पुनको टोलीले ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक बिक्री गरिरहेको थियो। सोही क्रममा गुरुङले त्यहाँ पुगेर पुनमाथि अभद्र व्यवहार गरेका थिए।

घटनाको भिडियो तथा विवरण सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले गुरुङको खोजी सुरु गरेको थियो। खोजतलासपछि उनलाई पोखरा महानगरपालिका–९ महेन्द्रपुलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका गुरुङमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरी अभिलेखअनुसार गुरुङ यसअघि पनि तीन पटक लागुऔषधसम्बन्धी मुद्दामा सजाय भोगिसकेका व्यक्ति भएको खुलेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077