Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीले भनिन् - विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई मातृभूमिको हितमा प्रयोग गरौँ

गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीले भनिन् - विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई मातृभूमिको हितमा प्रयोग गरौँ

सोमवार , चैत्र २, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्ने र गैरआवासीय नेपालीहरूको पुँजीलाई सुरक्षित तथा पारदर्शी रूपमा परिचालन गर्ने नीति सरकारको प्राथमिकतामा रहेको बताएकी छन् ।

काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशन तथा विश्व सम्मेलनको समापन समारोहलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले दीर्घकालीन लगानी संरचना निर्माण गरी प्रवासी नेपालीको पुँजीलाई देशको आर्थिक विकासमा प्रभावकारी रूपमा उपयोग गर्ने सरकारको योजना रहेको उल्लेख गरिन् ।

उनले विश्वभर फैलिएका नेपालीहरूलाई नेपालको सद्भावना दूतका रूपमा उल्लेख गर्दै देशको विकास र समृद्धिमा उनीहरूको योगदान महत्त्वपूर्ण रहेको बताइन्।

साथै विदेशमा आर्जन गरिएको ज्ञान, सीप, अनुभव र पुँजीलाई मातृभूमिको हितमा प्रयोग गर्न प्रवासी नेपालीहरूलाई आह्वान गरिन्।

प्रधानमन्त्री कार्कीले नेपालको आर्थिक रूपान्तरणमा प्रवासी नेपालीहरूको सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै विकासको यात्रामा सक्रिय सहकार्य आवश्यक रहेको बताइन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077