Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वन्यजन्तुको अंग गायब प्रकरण : कैलालीका १३ प्रहरी जिल्ला तानिए

वन्यजन्तुको अंग गायब प्रकरण : कैलालीका १३ प्रहरी जिल्ला तानिए

बुधवार , चैत्र ४, २०८२

काठमाडौं । कैलालीमा वन्यजन्तुको अंग र भरुवा बन्दुकसहित दुईजना पक्राउ परेको घटनामा मुद्दा कमजोर बनाएको आरोपमा १३ जना प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ ।

स्रोतका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको निर्देशनमा इलाका प्रहरी कार्यालय मालाखेतीको मुद्धा शाखामा कार्यरत तत्कालीन प्रहरी निरीक्षक दानसिंह भण्डारीसहित १३ जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय कैलाली तानिएको हो ।

उनीहरूमाथि सोधपुछपछि थप कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ । तत्कालीन समयमा इलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यरत धेरैजसो प्रहरी सरुवा भइसकेका छन् ।

तर उनीहरूलाई कार्यरत रहेकै स्थानबाट जिल्ला हाजिर हुन निर्देशन दिइएको बताइएको छ। इन्स्पेक्टर भण्डारी हाल इलाका प्रहरी कार्यालय साँफेबगरमा कार्यरत छन् ।

गत साउन ९ गते गोदावरी–८ बाट दुई थान भरुवा बन्दुक, चित्तलको सिङ र खुट्टासहित २३ वर्षीय चन्द्रबहादुर चौधरी र राजकुमार चौधरी पक्राउ परेका थिए।

तर मुद्दा चलाउने क्रममा बरामद गरिएको चित्तलको सिङ र खुट्टा विवरणबाट गायब पारिएको पाइएपछि अनुसन्धान अधिकृत प्रहरी निरीक्षक भण्डारीसहितका प्रहरीमाथि छानबिन सुरु गरिएको थियो ।

बन्दुक र वन्यजन्तुको अंगसहित दुई जना पक्राउ परेको घटनामा आर्थिक चलखेल गर्दै वन्यजन्तुको अंग लुकाएर मुद्दा कमजोर बनाएको भन्दै भण्डारीविरुद्ध प्रहरी प्रधान कार्यालयमा बेनामे उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा प्रहरी प्रधान कार्यालयको निर्देशनअनुसार प्रदेशले सुरुमा इलाका मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

सो समितिले बुझाएको प्रतिवेदन चित्तबुझ्दो नदेखिएको भन्दै पुनः प्रदेशले डीएसपी निशान्त श्रीवास्तवको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।

समितिले प्रतिवेदनमा वन्यजन्तुको अंग लुकाउन भूमिका खेलेको निष्कर्ष निकाल्दै नियमावलीअनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

तर प्रतिवेदन बुझाएको तीन महिना बितिसक्दा पनि कारबाही कार्यान्वयनमा ढिलाइ भएको देखिएको छ । प्रहरीका अनुसार प्रतिनिधिसभा निर्वाचनका कारण प्रक्रिया केही ढिलाइ भएको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीले गत ९ साउनमा गोदावरी नगरपालिका–८ बाट दुई भरुवा बन्दुक, चित्तलको सिङ र खुट्टासहित दुई जनालाई पक्राउ गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077