Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

शान्तिपूर्ण रूपमा निर्वाचन सकिएको भन्दै प्रधानमन्त्रीले गरिन् पशुपतिमा रुद्राभिषेक

शान्तिपूर्ण रूपमा निर्वाचन सकिएको भन्दै प्रधानमन्त्रीले गरिन् पशुपतिमा रुद्राभिषेक

बुधवार , चैत्र ४, २०८२

काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले आज पशुपतिनाथ मन्दिर पुगेर रूद्राभिषेक पूजा गरेकी छन्।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार ‘प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप उक्त पूजा’ गरेकी हुन्। 

मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै प्रधानमन्त्रीले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना पनि गरेको सचिवालयको भनाइ छ।

मुलुकभर सबै नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बन्दै जाओस् भनी उनले पुकारा गरेकी थिइन्।

संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशीलगायत पनि उक्त अवसरमा सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ।

कार्की नेतृत्वको सरकारले फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गरेको थियो । 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077