Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै प्रधानमन्त्रीले दिइन् नेकपालाई धन्यवाद

निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै प्रधानमन्त्रीले दिइन् नेकपालाई धन्यवाद

'मुलुकलाई शान्तिपूर्ण विधिबाट निकास दिन सहयोगी भूमिका खेल्नुभयो, यसका निम्ति धेरै धन्यवाद छ'

बुधवार , चैत्र ४, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टीलाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छन्।

नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरुलाई आज बालुवाटारस्थित निवासमा बोलाएर प्रधानमन्त्री कार्कीले धन्यवाद दिएकी हुन् ।

उनीहरु प्रधानमन्त्री कार्कीको निमन्त्रणामा बालुवाटार आएका थिए ।

प्रधानमन्त्री कार्कीले भनिन्- 'तपाईँहरूले निर्वाचनमा भाग लिइदिनुभयो। यो निर्वाचनको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका खेल्नुभयो। यसका निम्ति धेरै धन्यवाद छ।'

उनले निर्वाचनमा विजय भएका नेताहरूलाई बधाई दिँदै अन्य नेताहरूलाई अर्को पटकका लागि शुभकामना दिइन्।

संयोजक ‘प्रचण्ड’ले पनि प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भई देशले निकास पाएको भन्दै बधाई दिएका छन्।

उनले भने- 'यो निर्वाचन नभएको भए मुलुक अर्को ठुलो दुर्घटनामा जान्थ्यो। यसमा जुन साहस र मेहनतका साथ तपाईँले काम गर्नुभयो, यो निकै महत्त्वपूर्ण र प्रशंसा लायक छ।'

अस्तव्यस्त अवस्था सम्हालेर ६ महिनाभित्रै चुनाव गराउने कार्य निकै चुनौतीपूर्ण भए पनि प्रधानमन्त्री कार्कीको दृढताका कारण सम्पन्न भएको प्रचण्डको भनाइ थियो।

यस्तै उनीहरुबीच हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । 

यसअघि प्रधानमन्त्रीकार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग गरेकोमा नेकपा एमालेलाई पनि धन्यवाद दिएकी थिइन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077