Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

श्रीमान डेनियलसंग नगरकोट घुमफिरमा बलिउड अभिनेत्री सन्नी लियोनी

श्रीमान डेनियलसंग नगरकोट घुमफिरमा बलिउड अभिनेत्री सन्नी लियोनी

बिहिवार , चैत्र ५, २०८२

काठमाडौं। बलिउड अभिनेत्री सन्नी लियोनी श्रीमान डेनियल वेभरसहित नेपाल घुम्न आएकी छिन्।  

लियोनीले श्रीमान डेनियलसहित बुधबार दिउँसो नगरकोट भ्यू टावर र त्यहाँ वरपर घुमेका आकर्षक तस्बिर र भिडिओ सामाजिक सञ्जालमार्फत सेयर गरेकी छिन्। 

नगरकोटबाट देखिने दृश्य सेयर गर्दै उनले लेखेकी छिन,‘विशेष क्षण र स्पष्टता भेटेकी छु। योभन्दा धेरै सौन्दर्य अन्त भेटेको छैन।’  

यता हिमालय र नेपालको प्राकृतिक सौन्दर्यले आफूहरूको मन जितेको भन्दै डेनियलले ट्विटरमा उल्लेख गरेका छन्। 

सन्नी र डेनियल यसअघि पनि उनीहरू पटक पटक नेपाल घुम्न आएका छन्। दुई महिनाअघि मात्रै सन्नी एक क्यासिनो उद्घाटनमा नेपाली आएकी थिइन्।

सन्नीले सन् २०११ मा संगीतकर्मी, अभिनेता तथा उद्यमी डेनियलसँग बिहे गरेकी हुन्।

 हाल सन्नी ‘एमटीभी स्पिल्ट्सभिल्ला’ मा व्यस्त छिन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077