काठमाडौं । जेनजी आन्दोलनको मौका छोपेर बौद्धको प्राइड क्यासिनोमा लुटपाट गर्ने गिरोहका दुई नाइके दुई दिनमै छुटेका छन् । कुले भन्ने कुलध्वज लामा र कोरियन भने राकेश लामा धरौटीमा छुटेका हुन् ।
जिल्ला अदालत काठमाडौँको आदेशले उनीहरू ४–४ लाख रुपैयाँ धरौटीमा छुटेका हुन्। लुटपाट गिरोहका मुख्य नाइके नै यसरी सामान्य धरौटीमा छुटेपछि यसमा प्रहरी सेटिङको आशंका गरिएको छ ।
पक्राउ परेका दुवै जना विगतदेखि नै आपराधिक गतिविधिमा संलग्न व्यक्ति हुन्। गत चैत्र १ गते जिल्ला प्रहरी परिसर, काठमाडौंले जारी गरेको बिज्ञप्तिमा कुलध्वज विगतमा ५ वटा अपराधमा तथा कोरियन ७ वटा अपराधमा संलग्न रहेको भनेर समेत उल्लेख गरिएको थियो ।
गुन्डागर्दीमा समेत संल ७ वटा अपराधमा संलग्न उनीहरु डकैतीमा संलग्न गिरोहका नाइकेमाथि प्रहरीले थप कसुरमा पनि अनुसन्धान गर्ने अपेक्षा गरिएको थियो ।
यो घटनाका आरोपीतको सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गर्ने बताइएको थियो। तर, प्रहरीले त्यसतर्फ अनुसन्धानमा थप चासो दिएको छैन । पक्राउ गरेर सिधैं उनीहरुलाई अदालतमा बुझाइएको थियो।
प्रहरीको अनुसन्धान अुनसार सो गिरोहले करिब १४ करोड रुपैयाँ लुटपाट गरेको थियो। त्यसमध्ये ५५–५५ लाख बाँडचुड गरेको समेत पुष्टि भइसकेको छ ।
यती गम्भीर अपराधका व्यक्तिहरु सामान्य धरौटीमै छुटेपछि फेरि पनि उनीहरुले यस्तै अपराध गराउने जोखिम बढेको छ।
सो घटनामा संलग्न केही प्रतिवादी भने अझै फरार छन् । संजय लामा, अनिल लामा, सुमन घिमिरे, मिलन लामा लगायतलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।
उनीहरुमध्ये केही सामान पुगिसकेका छन्। सो प्रकरणमा पक्राउ परेका १० जना भने यसअघि जेल चलान भइसकेका छन्।
प्रतिवादीहरू दावा शेर्पा ‘सेठ्ठी’, रञ्जित खड्गी ‘रने’ र दोर्जे शेर्पासहितलाई गत ५ फागुनमा अदालतले जेल चलानको आदेश दिएको थियो।
घटनामा संलग्न शुक्रराज घिसिङ, मनोहरी पौडेल, करण डंगोल, अभिषेक चौहान, शिशिर राई, सुनिल गजमेर र रञ्जन तामाङ समेत जेल चलान हुँदा हाल पक्राउ परेका दुई नाइके भने धरौटीमा छुट्न सफल भएका हुन्।
उनीहरूले अपराधिक गतिविधिबाट पक्राउ गरेको सम्पत्ति पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।
स्रोतका अनुसार उपत्यका प्रहरी कार्यालयका डीएसपी राजन लामा तथा काठमाडौँ परिसरका इन्स्पेक्टर वाङ्गेल लामाहरुसँग काभ्रेली समूहको उठबस रहेका कारणले पनि कुले जस्ता लुटेरा गिरोहका नाइकेले उन्मुक्ति पाएका हुन्।