Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री कपको पहिलो खेल रद्द

प्रधानमन्त्री कपको पहिलो खेल रद्द

शनिवार , चैत्र ७, २०८२

जनकपुरधाम। जनकपुरधाम स्थित निर्माणाधिन रामजानकी बहुउदेश्यीय अन्तर्राष्ट्रिय रंगशालामा हुने तय रहेको एक दिवसीय प्रधानमन्त्री कपको पहिलो खेल रद्द भएको छ।

शुक्रबार परेको पानीको कारण निर्धारित समयमा खेल सुरु नभएकोमा शनिबार पुनः वर्षा सुरु भएपछि आजको खेल रद्द गरिएको आयोजकले जनाएको छ।

जनकपुरमा कोशी र मधेश बीचमा खेल हुने थियो भने वीरगञ्जमा कर्णाली र लुम्बिनी बीचमा खेल हुने कार्यतालिका थियो। जनकपुरधाममा खेल सुरु नहुँदै रद्द भएको छ भने वीरगञ्जमा खेल सुरु भएर पनि पानी पर्न थालेपछि रद्द भएको हो।

यस पटकको प्रधानमन्त्री कपको अधिकांश खेल मधेस प्रदेशमा हुने तालिका रहेको छ। मधेस प्रदेशको जनकपुरधाम र वीरगञ्ज तथा काठमाडौँमा खेल हुने तालिका रहेको छ ।

७ वटा प्रदेश टिम र ३ वटा विभागीय टिम सहभागी यस प्रतियोगितामा प्रत्येक टिमले ९/९ खेल खेल्नेछन् । आजको खेल रद्द भएपछि चार वटै टिमले १.१ प्वाईन्ट पाएका छन् ।

जनकपुरधाममा उद्घाटन गरिए पनि खेल भने वर्षाको कारण सुरु हुन सकेन। वीरगञ्जमा खेल सुरु भएपछि कर्णाली प्रदेशले ७ ओभरमा २० रन बनाएर खेल्दै गर्दा वर्षा हुन थालेपछि खेल रुकेको आयोजकले जनाएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077