Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री कप क्रिकेट: शंकर रानाको शतकमा पुलिसको दोस्रो जित

प्रधानमन्त्री कप क्रिकेट: शंकर रानाको शतकमा पुलिसको दोस्रो जित

बिहिवार , चैत्र १२, २०८२

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता-२०२६ मा  नेपाल पुलिस क्लबले दोस्रो जित दर्ज गरेको छ।

पुलिसले बागमती प्रदेशलाई ७ विकेटले हरायो। २ सय ६६ रनको चुनौती पुलिसले ४४.३ ओभरमा विकेट गुमाउँदै २ सय ७१ रन बनाउँदा ७ विकेटको जित हात पार्यो। दिनेश खरेल र शंकर रानाले पुलिसलाई उत्कृष्ट सुरुवात दिलाए। उनीहरूले पहिलो विकेटको लागि १ सय ५९ रनको साझेदारी गर्दै पुलिसको जितलाई सहज बनाइए।

यो साझेदारीलाई सुवास खत्रीले तोडे। २४।५ ओभरमा सुवासले दिनेश खरेललाई आउट गरे। ७५ बल खेल्दै ८ चौका र ३ छक्का सहित दिनेशले ७० रन बनाए।दिलसाद अली ८ रनमा आउट भए। शंकर भने क्रिजमा जमे। उनले १ सय १६ बलमा १२ चौका ३ छक्का सहित शतक पूरा गरे।

शंकरले फेरि कप्तान आरिफ शेखसँग तेस्रो विकेटको लागि ७८ रनको साझेदारी गरे। १ सय २८ बल खेल्दै १३ चौका र ४ छक्का सहित १ सत १६ रन बनाए। उनी रिजन ढकालको बलमा एलबिडब्लु आउट भए।यसपछि आरिफले अविजित ४३ र रसिद खानले अविजित १० रन बनाउँदा पुलिसले जित आफ्नो पक्षमा पार्यो। बलिङमा सन्दीप लामिछाने, सुवास खत्री र रिजन ढकालले १र१ विकेट लिए।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर बागमती प्रदेशले पहिले ब्याटिङ गर्ने निर्णय गर्यो। ४९.२ ओभरमा सबै विकेट गुमाएर बागमतीले २ सय ६५ रनको योगफल खडा गर्यो।

ओपनरद्वय शुभ कंसाकार १४ रनमा र आशुतोष घिरैया २२ रनमा र शिवम तिवारी १२ रनमा आउट भए। ३ विकेट गुमाउँदा बागमतीले ७१ रन बनाएको थियो। त्यसपछि इशान र पवनले चौथो विकेटको लागि शतकीय साझेदारी गर्दै इनिङ्स उकासे। उनीहरूले १ सय २४ रनको साझेदारी गरे। यो क्रममा दुवैले अर्धशतक बनाए।

८० बल खेल्दै ६ चौका र ३ छक्का सहित ७० रन बनाए। पवनले भने १ सय १ बलको सामना गर्दै ६ चौका र १ छक्का सहित ७९ रन जोडे। उत्तम मगरले २१ रन र सन्दीप लामिछानेले १३ रन बनाए। बलिङमा दिनेश खरेल र रसिद खानले समान ३ विकेट लिए। करण केसीले २ विकेट झारे। पुलिसको यो दोस्रो जित हो। ३ खेलबाट बागमतीको यो दोस्रो हार हो।

यस्तै आजै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले पिएम कपमा लगातार दोस्रो जित हात पारेको छ । गण्डकी प्रदेशलाई आर्मीले ७ विकेटको सहज नतिजामा हरायो । आर्मीको जितमा दुई शतकीय साझेदारी र तीन खेलाडीले अर्धशतक बनाए ।

जितको लागि २ सय १० रनको चुनौती आर्मीले ३४ओभरमा मात्र ३ विकेट गुमाउँदै पुरा गर्यो । ओपनर त्रितराज दास र कप्तान विनोद भण्डारीले शतकीय साझेदारी गर्दा आर्मीको जितलाई सहज बनाए । १सय १० रनको साझेदारी गर्ने क्रममा ओपनरद्वय विनोद र त्रितले अर्धशतक बनाए । ५७ बल खेल्दै ७ चौका र २ छक्का सहित विनोद ५८ रन जोडेर आउट भए । अर्जुन साउद रन नजोडी आउट भए । यसपछि त्रितले ५१ बलमा ८ चौका र १ छक्का सहित ५१ रन बनाए ।

यसपछि भीम सार्की र कुशल मल्लले अविजित १ सय रनको साझेदारी गर्दै आर्मीलाई जित तर्फ डोर्याए । भीमले ५३ बलबाट ४ चौका र २ छक्का सहित अविजित ५४ रन जोड्दा कुशल मल्ल अविजित ४३ रन बनाए । बलिङमा सुबाश भण्डारीले २ र विपिन खत्रीले १ विकेट लिए ।‌

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै २ सय ९ रन बनायो । गण्डकीको लागि अर्जुन कुमाल र दीपक डुम्रेले अर्धशतक बनाए ।

ओपनर अर्जुन क्रिजमा टिके । १ सय २ बल खेल्दै ४ चौका र १ छक्का सहित ७६ रन जोडे । उनी नै टिमको लागि सर्वाधिक रन बनाउने खेलाडी बने । यस्तै दीपकले ४५ बल खेल्दै ३ चौका र २ छक्का सहित ५१ रन जोडे। यस बाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् ।‌ सिब्रिन श्रेष्ठ १४ रनमा, सन्देश पन्थी १३ रनमा तथा वंश क्षेत्री १० रनमा र सुबाश भण्डारी अविजित १० रनमा रहे ।

बलिङमा आकाश चन्द र साहब अलामले ३र३ विकेट लिंदा कुशल मल्लले २ विकेट झारे । आर्मी यो लगातार दोस्रो जित हो । उसले ४ अंक बनाएको छ । गण्डकीको भने यो लगातार दोस्रो हार हो। उसले अंकको खाता खोल्न सकेको छैन् ।

चैत ७ गतेदेखि सुरु भएको खेलमा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब र सात ७ प्रदेश गरी १० टोलीको सहभागीता रहेको छ।

प्रतियोगितामा लिग चरणपछि उपाधिका निम्ति दुई शीर्ष टोलीबीच प्रतिस्पर्धा हुने क्यानले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077