Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री कप क्रिकेट: आसिफको शतकमा एपिएफले बागमतीलाई दियो २७२ रनको लक्ष्य

प्रधानमन्त्री कप क्रिकेट: आसिफको शतकमा एपिएफले बागमतीलाई दियो २७२ रनको लक्ष्य

आइतवार , चैत्र ८, २०८२

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आसिफ शेखको शतक प्रेरित एपिएफ क्लबले बागमती प्रदेशलाई जितका लागि २७२ रनको लक्ष्य दिएको छ।

मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २७१ रनको योगफल तयार पारेको हो।

उसका लागि आसिफ शेखले सर्वाधिक ११४ रनको योगदान दिए। उनले १४ चौका र तीन छक्का प्रहार गरे। सन्दीप जोराले ५२ रनको महत्वपूर्ण योगदान दिए भने लोकेश बमले २९, युवराज खत्रीले अविजित २६ र कप्तान रोहित पौडेलले नौ रन जोडे बागमतीका लागि रिजन ढकालले चार विकेट लिए।

साथै इसान पान्डेले दुई विकेट झारे। त्यस्तै सन्दीप लामिछाने र सोनु देबकोटाले समान एकरएक विकेट लिए। प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब र सात ७ प्रदेश गरी १० टोलीको सहभागीता रहेको छ।

प्रतियोगितामा लिग चरणपछि उपाधिका निम्ति दुई शीर्ष टोलीबीच प्रतिस्पर्धा हुने क्यानले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077