Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, गगन थापाको राजीनामाबारे निर्णय हुने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, गगन थापाको राजीनामाबारे निर्णय हुने

आइतवार , चैत्र ८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ८ः३० देखि बैठक सुरु हुनेछ ।

शुक्रबारको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा बैठकमा प्रस्तुत गरेका थिए । 

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, चैत ६ गते २५ केन्द्रीय सदस्यले धारणा राखेपछि बैठक स्थगित भएको थियो ।

शुक्रबारको बैठकमा धारणा राख्ने सबैले पार्टी सभापति थापाको नैतिकताका आधारमा आएको राजीनामा अस्वीकार गर्ने धारणा राखेका छन् । आजको बैठकले औपचारिक निर्णय लिनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077