काठमाडौं । एएफसी महिला एसियन कप फुटबल प्रतियोगिताको उपाधि जापानले जितेको छ ।
हिजो अस्ट्रेलियाको सिड्नीमा भएको फाइनल खेलमा जापानले अस्ट्रेलियालाई १–० ले पराजित गर्दै उपाधि जितेको हो ।
जापानको जितमा माइका हमानोले पहिलो हाफमै गरेको गोल निर्णायक बन्यो । उनले खेलको १७ औँ मिनेटमा गोल गरिन् ।
यसभन्दा पहिले पनि जापानले सन् २०१४ र २०१८ मा फाइनलमा अस्ट्रेलियालाई हराउँदै उपाधि जितेको थियो । पछिल्ला चार संस्करणमध्ये तीन पटक उपाधि जित्दै जापानले एशियाली महिला फुटबलमा आफ्नो प्रभाव जमाएको छ ।