Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कतारको ‍सैन्य हेलिकोप्टर दुर्घटना अपडेट: ६ जनाको मृत्यु, एक जना बेपत्ता

कतारको ‍सैन्य हेलिकोप्टर दुर्घटना अपडेट: ६ जनाको मृत्यु, एक जना बेपत्ता

आइतवार , चैत्र ८, २०८२

एजेन्सी।  कतारको सैन्य हेलिकोप्टर खाडी राष्ट्रको जलक्षेत्रमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

कतारको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समा विज्ञप्तिमा जारी गर्दै नियमित ड्युटीका क्रममा कतारी हेलिकोप्टरमा प्राविधिक गडबडी आएपछि राज्यको क्षेत्रीय जलक्षेत्रमा दुर्घटनाग्रस्त भएको पुष्टि गरेको हो।

“नियमित ड्युटीका क्रममा कतारी हेलिकोप्टरमा प्राविधिक गडबडी आएपछि यो राज्यको क्षेत्रीय जलक्षेत्रमा दुर्घटनाग्रस्त भएको छ,” कतारको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

मध्यपूर्वमा जारी युद्धका बीच आज बिहान प्राविधिक खराबीका कारण सैन्य हेलिकप्टर समुद्री क्षेत्रमा दुर्घटना भएको थियो ।

 दुर्घटनापछि हेलिकप्टरमा सवार चालक दल र अन्य यात्रुको खोजी कार्य सुरु गरिएको थियो ।

हेलिकोप्टरमा ७ जना सवार थिए । जसमध्ये ६ जनाको मृत्यु सरकारी अधिकारीहरूले बताएका छन् । 

यस्तै बेपत्ता रहेका एक जनाको खोजी कार्य जारी रहेको मन्त्रालयले जनाएको छ।

अमेरिका–इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता युद्ध जारी छ ।

जवाफमा इरानले खाडीका देशहरूमा हमला गरिरहेको छ । जसका कारण मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ ।  

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077