Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानले इजरायलमा हान्यो नयाँ मिसाइल, ट्रम्पको शान्ति वार्ता 'फेक' भएको दाबी

इरानले इजरायलमा हान्यो नयाँ मिसाइल, ट्रम्पको शान्ति वार्ता 'फेक' भएको दाबी

मंगलवार , चैत्र १०, २०८२

एजेन्सी । इजरायलमाथि इरानबाट नयाँ मिसाइल आक्रमण भएको दाबी गरिएको छ । इजरायलको भूभागतर्फ मिसाइल प्रहार भएको हो ।

मिसाइल रोक्नका लागि वायु रक्षा प्रणाली सक्रिय रूपमा सञ्चालन भइरहेको इजरायली सेनाले जनाएको छ । 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा शत्रुता समाधान गर्न अमेरिका र इरान शान्ति वार्ता गरिरहेको दाबी गरेका थिए। ट्रम्पले अमेरिका र इरानबीच धेरै राम्रो छलफल भइरहेको बताएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी राष्ट्रपतिले दुई देशले युद्ध अन्त्य गर्न १५ बुँदामा छलफल गरिरहेको दाबी पनि गरेका छन्। 

सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले इरानी पावर प्लान्टहरूमा धम्कीपूर्ण हमला पाँच दिनका लागि स्थगित गरेको बताएका छन् ।

तर, इरानको विदेश मन्त्रालयले दुई देशबिच शान्ति वार्ताको कुरा भएको भन्ने ट्रम्पको कुरा नक्कली रहेको जनाएको छ।

यस्तै इरानले जारी द्वन्द्वबाट पछि नहट्ने र आफ्नो क्षतिको पूर्ति नपाएसम्म लडाइँ जारी राख्ने बताएको छ।

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रेजाइले सबै आर्थिक प्रतिबन्ध हटाइनुपर्ने र अमेरिकाले भविष्यमा कुनै हस्तक्षेप नगर्ने ग्यारेन्टी गरिनुपर्ने बताएका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077