Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

रुखले च्यापिएर वृद्धको मृत्यु

रुखले च्यापिएर वृद्धको मृत्यु

मंगलवार , चैत्र १०, २०८२

पर्वत । पर्वतको बिहादी गाउँपालिका-१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७५ वर्षीय पूर्णबहादुर दर्जीको आज दिउँसो मृत्यु भएको हो ।

घर नजिकै रहेको दगदगेको रुख काट्ने क्रममा सोही रुख ढलेर च्यापिँदा गम्भीर घाइते भएका दर्जीलाई उपचारका लागि प्रदेश अस्पताल पर्वतमा ल्याइएकामा चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए।

रुख ढलेर च्यापिएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वत र स्थानीय बाच्छा प्रहरी चौकीको टोली घटनास्थल पुगेको थियो।

दिउँसो ४ः३० मात्रै प्रदेश अस्पतालमा ल्याइपुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घटना बारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077