काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
आज सुन तोलामा १४ हजार ६ सय रुपैयाँले बढेर तोलामा दुई लाख ८८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन तोलामा दुई लाख ७३ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ४१५ रुपैयाँले बढेर तोलामा चार हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो चाँदी तोलामा चार हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।
हिजो अस्ति लगातार घटिरहेको सुनचाँदीको मूल्य आज एक्कासी बढेको हो । अन्तर्राष्ट्रिय बजारमा हुने अमेरिकी डलरको उतारचढावसँगै राजनीतिक अस्थिरताले सुरक्षित लगानीको माग बढाउँदा सुनचाँदीको भाउ घटबढ हुने गर्छ।