Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

मन्त्री छान्न छलफलमा जुटे बालेन–रवि, मन्त्रालय १६ कि १८ ?

मन्त्री छान्न छलफलमा जुटे बालेन–रवि, मन्त्रालय १६ कि १८ ?

बिहिवार , चैत्र १२, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सत्ता गठनको तीव्र तयारी सुरु भएको छ । पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह यतिबेला मन्त्री चयनको अन्तिम गृहकार्यमा जुटेका छन् ।

बिहीबार मात्रै बालेन शाह संसदीय दलको नेता चयन भएसँगै सरकार गठनको प्रक्रिया थप तीव्र बनेको हो । उनी शुक्रबार प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिने तयारीमा छन् ।

तर, मन्त्रालयको संख्या र मन्त्रीहरूको नाम टुङ्गो नलाग्दा शीर्ष तहमा निरन्तर आन्तरिक छलफल भइरहेको छ। स्रोतका अनुसार लामिछाने र शाहबीच आजै मन्त्री चयन टुङ्ग्याउने लक्ष्यसहित गम्भीर छलफल चलिरहेको छ ।

सरकारको संरचनाबारे पनि अझै अन्तिम निर्णय भएको छैन। मन्त्रालय संख्या १६ राख्ने कि १८ पुर्‍याउने भन्ने विषयमा मतभेद देखिएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077