Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्तो बन्यो बालेन नेतृत्वको १४ सदस्यीय मन्त्रीमण्डल

यस्तो बन्यो बालेन नेतृत्वको १४ सदस्यीय मन्त्रीमण्डल

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलका नेता बालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । यसमा महिला मन्त्रीहरु पाँच जना छन् ।

प्रधानमन्त्री बालेनसहित सबै मन्त्रीहरूले आजै शपथ ग्रहण गर्ने तयारी भएको छ । बालेन प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् । रक्षा र उद्योग मन्त्रालय पनि उनकै नेतृत्वमा रहनेछ ।

फागुन २१ को प्रतिनिधिसभा चुनावमा झापा ५ बाट निर्वाचित उनी संसद्को पहिलो यात्रामै प्रधानमन्त्री बनेका हुन् । नवा युवाहरूमाझ लोकप्रिय बालेनले नेपालको राजनीतिक इतिहासमा नै विरलै प्राप्त हुने करिब दुई तिहाइको एक बहुमतको सरकारको नेतृत्व गर्दैछन् । 

संविधानको धारा ७६ को १ अनुसार बहुमत प्राप्त दलको नेताको रुपमा उनी प्रधानमन्त्री नियुक्त भएका हुन् ।  

मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । सोविता गौतमले कानुन मन्त्रालय र शिशिर खनालले परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएका छन् ।

सुधन गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी दिँदा विराजभक्त श्रेष्ठले ऊर्जाको नेतृत्व पाएका छन् । सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल, विक्रम तिमिल्सिना सञ्चारमन्त्री, दीपक साह (महोत्तरी)ले श्रम मन्त्रीको जिम्मेवारी पाएका छन् ।

सस्मित पोखरेललाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिँदा खड्क (गणेश) पौडेलले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका छन् । सीता वादी महिला, बालबालिका तथा निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् ।

यद्यपी उद्योगमन्त्रीमा सिफारिस भएका अमरेशकुमार सिंहले मन्त्री नबन्ने बताएका छन् । उनको स्थानमा दिपक बोहोरा मन्त्री बन्ने सम्भावना रहेको छ । 

balen mantri.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077