काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री निवास बालुवाटार सरेका छन् ।
प्रधानमन्त्री बालेन शुक्रबार पूजापाठ गरेर प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका हुन् । उनी आजै प्रधानमन्त्री नियुक्त भएका थिए ।
उनले राष्ट्रपति कार्यालयमा शपथ लिएर प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसेर निवासमा फर्केका हुन् ।
यसअघि निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार नै सरकारी निवास छाडेर निजी निवास गएकी थिइन् ।