Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

एमालेले भन्यो - कार्की प्रतिवेदन ‘पूर्वाग्रही’, सरकारको निर्णय ‘प्रतिशोधपूर्ण’

एमालेले भन्यो - कार्की प्रतिवेदन ‘पूर्वाग्रही’, सरकारको निर्णय ‘प्रतिशोधपूर्ण’

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन र त्यसको कार्यान्वयनबारे सरकारले गरेको निर्णयप्रति कडा आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनलाई ‘पूर्वाग्रही’ र मन्त्रिपरिषद्को निर्णयलाई ‘प्रतिशोधपूर्ण’को संज्ञा दिएका हुन्।

आजै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ पर्ने अवस्था सिर्जना हुनसक्ने संकेत देखिएपछि एमाले नेतृत्व आक्रामक बनेको हो।

महासचिव पोखरेलले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘कार्की आयोगको पूर्वाग्रही प्रतिवेदन खारेज गर ! मन्त्रिपरिषद्को प्रतिशोधपूर्ण निर्णय फिर्ता गर !’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077