काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई चिनियाँ समकक्षी ली छ्याङले बधाई सन्देश पठाउँदै द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
लीले सन्देशमा चीन–नेपाल सम्बन्ध विगत ७१ वर्षदेखि पञ्चशीलका सिद्धान्तमा आधारित भएर अघि बढ्दै आएको उल्लेख गर्दै आगामी दिनमा यसलाई अझ गहिरो बनाउने विश्वास व्यक्त गरेका छन् ।
उनले नेपाल सरकारको शासन सञ्चालनमा चीनको निरन्तर समर्थन रहने बताउँदै नेपालको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको संरक्षणमा सधैं साथ रहने प्रतिबद्धता जनाएका छन्।
प्रधानमन्त्री लीले विशेषगरी बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत सहकार्यलाई उच्चस्तरमा लैजाने इच्छा व्यक्त गर्दै विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्दै रणनीतिक साझेदारीलाई थप मजबुत बनाउने लक्ष्य पनि अघि सारेका छन्।
यसअघि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले समेत प्रधानमन्त्री शाहलाई बधाई दिइसकेका थिए।