Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘जागिर र अनुदान दिलाइदिन्छु’ भन्दै ठगी गर्ने युवक प्रहरीको फन्दामा

‘जागिर र अनुदान दिलाइदिन्छु’ भन्दै ठगी गर्ने युवक प्रहरीको फन्दामा

आइतवार , चैत्र १५, २०८२

धनगढी। कैलालीमा सरकारी जागिर लगाइदिने र अनुदान उपलब्ध गराइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका–२ स्थायी घर भई कैलालीको गोदावरी नगरपालिका–६ लालपुरमा बस्दै आएका ३३ वर्षीय तुलाराम कोली रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार कोलीलाई प्रहरीले उनकै निवासबाट नियन्त्रणमा लिएको हो। हाल उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी ठगी मुद्दामा थप अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार कोलीविरुद्ध हालसम्म विभिन्न व्यक्तिबाट ठगी गरेको भन्दै १० वटा उजुरी दर्ता भइसकेका छन्।

प्रारम्भिक अनुसन्धानबाट उनले करिब १ करोड २० लाख रुपैयाँ बराबरको ठगी गरेको खुल्न आएको छ। घटनाबारे थप विवरण भने अनुसन्धानपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077