Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिका पठाइदिने भन्दै रकम असुली, दुई जनाविरुद्ध झन्डै एक अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा

अमेरिका पठाइदिने भन्दै रकम असुली, दुई जनाविरुद्ध झन्डै एक अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा

मंगलवार , फाल्गुण ५, २०८२

काठमाडौं । गैरकानुनी रूपमा करिब २५० जना नेपालीलाई अमेरिका लगेर करोडौँ ठगी गरेको अभियोगमा दुई जनाविरुद्ध मुद्दा दायर भएको छ। 

अनुसन्धान प्रतिवेदनका आधारमा मंगलबार जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा अभियोग दर्ता गरेको हो।

मुद्दा दायर हुनेमा रुकुमपश्चिम बाफिकोट गाउँपालिका २ घर भई काठमाडौं बस्ने कलबहादुर बस्नेत र रुकुमपूर्व सिस्ने गाउँपालिका ५ घर भई काठमाडौं बस्ने अमित बस्नेत छन्।

मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार कलबहादुर हाल डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा छन्। उनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को समन्वयमा गत भदौमा दुबईबाट पक्राउ गरी नेपाल ल्याइएको थियो। उनी मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा थुनामा रहेका हुन्। अर्का प्रतिवादी अमित भने फरार अवस्थामा रहेको र फरार अभियुक्तका रूपमा मुद्दा अघि बढाइएको जनाइएको छ।

दुवैले ठुलो संख्यामा व्यक्तिलाई अमेरिका पठाउने भन्दै रकम असुली गरेको, कतिपयलाई भने गन्तव्यमा नपुर्‍याई अलपत्र पारेको देखिएको छ। 

बैंक खाताको विवरण परीक्षण गर्दा कलबहादुरको खाताबाट ७० करोड ६० लाख ५३ हजार ७२२ रुपैयाँ र अमितको खाताबाट २७ करोड ४५ लाख २९ हजार २८ रुपैयाँ बराबरको शंकास्पद कारोबार फेला परेको प्रहरीले जनाएको छ।

दुवैको संयुक्त रूपमा ९८ करोड ५ लाख ८२ हजार ७५१ रुपैयाँ बराबरको अवैध कारोबार पुष्टि भएको दाबी गर्दै सोही रकम बिगो कायम गरी सम्पत्ति शुद्धीकरणअन्तर्गत मुद्दा दायर गरिएको जनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077