Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ९७ लाख ठगी, चार जना पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ९७ लाख ठगी, चार जना पक्राउ

बिहिवार , जेठ ७, २०८३

काठमाडौ । वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका-६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-२६ मा बसोबास गर्दै आएका दिपेश गुरुङ, सोही ठाँउका सौगात गुरुङ, काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-५ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-३ मा बस्दै आएकी शान्ति श्रेष्ठ र पाँचथरको फिदिम नगरपालिका-१० स्थायी घर भइ हाल ललितपुरको गोदावरी नगरपालिका-२२ मा बस्दै आएका सूर्यप्रकाश खेजुम रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विदेश पठाइदिने भन्दै ठगी गरिएको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो।

अनुसन्धानका क्रममा टर्की पठाइदिने भन्दै ठगी गरेको आरोपमा दिपेश  र सौगातले आठ जना पीडितबाट कुल ८६ लाख २२ हजार ५७० रुपैयाँ लिएर विदेश नपठाई सम्पर्कविहीन भएका थिए। उनीहरूलाई जेठ ५ गते काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरिएको हो ।

त्यसैगरी साइप्रस पठाइदिने भन्दै एक जना पीडितबाट ९ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका सूर्यप्रकाशलाई जेठ ५ गते पक्राउ गरिएको हो।

यस्तै लिथुआनिया पठाइदिने आश्वासन दिएर एक जना पीडितबाट १ लाख ९३ हजार रुपैयाँ ठगी गरेकी शान्तिलाई जेठ ६ गते काठमाडौं महानगरपालिका-३० बाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077