Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पाकिस्तानका पृथकतावादी नेता बालोचले प्रधानमन्त्री बालेनलाई दिए बधाई

पाकिस्तानका पृथकतावादी नेता बालोचले प्रधानमन्त्री बालेनलाई दिए बधाई

आइतवार , चैत्र १५, २०८२

काठमाडौं । पाकिस्तानको बलोचिस्तान क्षेत्रसँग सम्बन्धित पृथकतावादी धारका एक नेता मिर यार बालोचले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा शुभकामना दिएका छन् ।

‘बलोच समुदाय नेपाल’ को तर्फबाट सार्वजनिक गरिएको सन्देशमा शाहको नेतृत्वलाई नेपालको लागि “आशाजनक अध्याय” को रूपमा व्याख्या गरिएको छ ।

सन्देशमा भनिएको छ, 'तपाईंको दृष्टिकोण, ऊर्जा र समर्पणले नेपाललाई अझ बढी प्रगति र समृद्धितर्फ अघि बढाउनेछ भन्नेमा हामी विश्वस्त छौँ।'

यससँगै उनले आपसी सम्मान, सहकार्य तथा शान्ति र विकासका साझा लक्ष्यका आधारमा दुई पक्षबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्ने अपेक्षा व्यक्त गरेका छन्। साथै, भविष्यमा सुदृढ कूटनीतिक सम्बन्ध स्थापना गर्ने चाहनासमेत प्रकट गरिएको छ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक उक्त सन्देशमा 'यो नयाँ यात्राले तपाईंको नेतृत्वलाई सफलता प्रदान गरोस् र हाम्रा जनताबीचको सम्बन्ध अझ मजबुत बनाओस्' भन्ने उल्लेख गरिएको छ।

यसअघि निर्वासित तिब्बत सरकारबाट पनि यस्तै प्रकारको शुभकामना सन्देश आइसकेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077