Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश मेघराज र कुमारको इजलासमा सुनुवाइ हुँदै

ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश मेघराज र कुमारको इजलासमा सुनुवाइ हुँदै

सोमवार , चैत्र १६, २०८२

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्त गर्न माग गर्दै दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सुनुवाइ हुँदै छ ।

गैर कानुनी रूपमा थुनामा राखिएको भन्दै रिहाइको माग गर्दै दर्ता भएको पूर्व प्रधानमन्त्री ओलीको रिट सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासमा पेसी तोकिएको छ ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेपछि आइतबार ओलीका तर्फबाट पत्नि राधिका शाक्यले निवेदन दर्ता गराएकी थिइन्।

यसैगरी गैर कानुनी रूपमा थुनामा राखिएको भन्दै रिहाइको माग गर्दै दर्ता भएको पूर्व गृहमन्त्री रमेश लेखकको रिट सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको छ।  

लेखक पनि जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका थिए । लेखक पत्नि यशोदा लेखकले पनि आइतबार बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएकी थिइन् ।

आइतबार काठमाडौं जिल्ला अदालतले उनीहरु दुवै जनालाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।

ओली स्वास्थ्य समस्या देखिएका कारण हाल त्रिवि शिक्षण अस्पतालमा चिकित्सकको निगरानीमै रहेका छन् । भने लेखकलाई प्रहरीको महाराजगञ्जस्थित २ नंम्बर गणमा राखिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077