काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ ।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा बस्न लागेको हो ।
पार्टीका केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा बस्न लागेको बैठकमा गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा भएका अनुशासन अनियमितता सम्बन्धमा छलफल गर्ने बुझिएको छ ।
केन्द्रीय अनुशासन समितिका सदस्यहरुलाई बैठकमा उपस्थितिका लागि सूचनामार्फ अनुरोध गरिएको छ ।