Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सर्वोच्चको फैसला मान्ने देउवा पक्षको निष्कर्ष

सर्वोच्चको फैसला मान्ने देउवा पक्षको निष्कर्ष

बुधवार , चैत्र १८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षको भेलाले पार्टीको आधिकारिता विवादमा सर्वोच्च अदालतको फैसला स्वीकार्ने निष्कर्ष निकालेको छ।

नेता पूर्णबहादुर खड्काले राखेको भेलाले यही २२ गते हुने सर्वोच्चको फैसलालाई मानेर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको नेता शंकर भण्डारीले बताए। 

दुवै पक्षबाट भएको कमजोरीलाई स्वीकारेर एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको उनको भनाई थियो । 

बैठकपछि उनले भने–‘शेरबहादुर देउवा पक्षले आधिकारिता पाउनुपर्ने कानूनी आधार छ। तर त्यो नै समस्याको समाधान होइन। दुवै पक्षलाई समेटेर मौजुदा कार्यसमितिलाई भङ्ग गरेर एउटा सानो आकारको कमिटी बनाएर १५ औँ महाधिवेशनमा जानुपर्छ।’

उनले एक पक्षले अर्को पक्षलाई गालीगलौजमा उत्रिनु गलत भएको समेत बताए।

यता, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखक पक्राउ पर्दा खड्काले विज्ञप्ति जारी गर्दा नक्कली लेटरप्याट प्रयोग गरेको भन्दै कांग्रेसले खड्कालाई आजै सचेत गराएको थियो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077