Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बादललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

बादललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

बुधवार , चैत्र १८, २०८२

काठमाडौं । नेकपा एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा 'बादल'लाई प्रदान गरिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेका केन्द्रीय सदस्य तथा सांसद ऐन महरले जानकारी दिए ।

बुधबार ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालय बसेको संसदीय दलको संयुक्त बैठकमा पार्टी अध्यक्ष ओलीले उपाध्यक्ष थापालाई जिम्मेवारी तोकेको जानकारी गराइएको उनले बताए ।

अध्यक्ष ओलीले आफू हिरासतबाट मुक्त नहुँदासम्मका लागि थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका बैठकमा जानकारी गराइएको थियो ।

अध्यक्ष ओलीलाई जेनजी आन्दोलनको छानबिन गर्न गठित आयोगको सिफारिस कार्यान्वयनका सिलसिलामा गत शनिबार पक्राउ गरिएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077