भैरहवा । मध्यपूर्वमा द्वन्द्वका कारण कुवेतमा रोकिएका नेपाली नागरिकहरुलाई स्वदेश ल्याइएको छ । बुधबार कुवेत एयरवेजको चार्टर्ड उडानबाट ३ सय १८ जना नेपाली यात्रुहरुलाई स्वदेश ल्याइएको हो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मध्यपूर्वमा द्वन्द्वका कारण नेपाल-कुवेतबीचको नियमित उडान प्रभावित हुँदा कुवेतस्थित नेपाली राजदूतावासको समन्वयमा यात्रुसहितको विमान साँझ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।
कुवेतमा विभिन्न समयमा विभिन्न कारणले मृत्यु भएका ९ जना नेपाली नागरिकको शव समेत उक्त विमानमा ल्याइएको छ ।
दाङ, उदयपुर, सल्यान, सिन्धुली, सिरहा, लमजुङ, सिन्धुपाल्चोक, सुर्खेत र खोटाङका व्यक्तिहरुको शव रहेको बताइएको छ ।