Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रोष्ट्रमबाटै बादलले भने- रास्वपाको अप्रत्यासित विजयमा नेपाली सेनादेखि सुशीला कार्कीको हात

रोष्ट्रमबाटै बादलले भने- रास्वपाको अप्रत्यासित विजयमा नेपाली सेनादेखि सुशीला कार्कीको हात

बिहिवार , चैत्र १९, २०८२

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले रास्वपाले अप्रत्यासित रूपमा बहुमत ल्याउनुमा ‘अदृश्य शक्ति’को भूमिका रहेको आरोप लगाएका छन्।

बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकमा प्रतिपक्षी दलको तर्फबाट धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

उनले भदौ २३ र२४ को जेनजी आन्दोलनदेखि प्रतिनिधिसभा निर्वाचनको परिणामसम्मको अवस्थामा अदृश्य शक्तिको भूमिका रहेको बताए। 

'नेपाली सेना, ब्युरोक्रेसी, सुशीला कार्की सरकार र बारबरा फाउन्डेसन रास्वपाको विजयका आधारहरू हुन्,’ उनले भने ।

उनले व्यंग्यात्मक रूपमा रास्वपालाई सरकारसम्म पुर्याएकोमा नेपाली सेना, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, बारबार फाउण्डेसन र टीओबीलगायतलाई धन्यवाद पनि दिए। उनीहरूकै त्यागका कारण रास्वपा अहिलेको अवस्थामा आइपुगेको बादलको भनाई छ । 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077