काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
अघिल्लो कारोबार दिन मा पनि सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य चार हजार ८३० रुपैयाँ नै कायम रहेको महासंघले जनाएको छ ।
अघिल्लो कारोबार दिनमा पनि सोही मूल्यमा किनबेच भएको थियो ।