काठमाडौं । सर्वदलीय बैठकले प्रतिनिधिसभा नियमावली नयाँ बनाउने निर्णय गरेको छ ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको आज बसेको बैठकले संसदको कामकारबाहीलाई प्रभावकारी बनाउन नयाँ नियमावली बनाउने निर्णय गरेको हो ।
यस्तै बैठकले प्रतिनिधिसभा नियमावली २०७९ लाई संशोधन गर्नका लागि मस्यौदा समिति गठन गर्ने पनि निर्णय गरेको छ ।
आजकै बैठकले संसदको कामकारबाहीलाई डिजटल बनाउँदै लैजाने निर्णय पनि गरेको छ ।
यसैगरी बैठकले २१ सदस्यीय कार्यव्यवस्था परामर्श समित बनाउने निर्णय पनि गरेको छ । प्रतिनिधिसभा नियमावलीमा २१ सदस्य रहने व्यवस्था छ ।