Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधि सभामा राष्ट्रिय सभाबाट प्राप्त तीन विधेयक टेबुल

प्रतिनिधि सभामा राष्ट्रिय सभाबाट प्राप्त तीन विधेयक टेबुल

मंगलवार , चैत्र २४, २०८२

काठमाडौं । प्रतिनिधि सभामा राष्ट्रिय सभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल गरिएका छन् ।

टेबुल गरिएका विधेयकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक २०८१, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक २०८१ रहेका छन् ।

उक्त विधेयक मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सचिव हर्कराज राईले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त विधेयकहरू प्रतिनिधि सभामा टेबुल गरेका हुन् ।

राष्ट्रिय सभामा सो विधेयकहरूमाथि विस्तृत छलफल गरिएको छ ।

प्रतिनिधि सभाको अर्को बैठक यही चैत २५ गते दिउँसो १ बजे बस्नेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077