Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन समीक्षाका लागि आज जनकपुर जाँदै गगन थापा

निर्वाचन समीक्षाका लागि आज जनकपुर जाँदै गगन थापा

बुधवार , चैत्र २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा प्रदेशस्तरीय निर्वाचन समीक्षात्मक कार्यक्रमका लागि आज जनकपुर जाँदै छन् ।

प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाअनुसार परिणाम नआएपछि पार्टीले मधेस प्रदेशबाट समीक्षा अभियान सुरु गर्न लागेको हो  ।

फागुन २१ को निर्वाचनमा सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहसँग पराजित भएपछि थापा आज पहिलो पटक मधेस जाँदैछन् ।

कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार प्रदेश स्तरीय चुनावी समीक्षा कार्यक्रमपछि सभापति थापा सर्लाही ४ जाने कार्यक्रम छ। 

कांग्रेसले मधेस प्रदेशको जनकपुपछि यही चैत २७ गते पोखरा, चैत २९ गते बुटवल, वैशाख ३ गते सुर्खेत,  वैशाख ५ गते धनगढी,  वैशाख ७ गते हेटौंडा र  वैशाख ९ गते विराटनगरमा चुनावी समीक्षा कार्यक्रम राखेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077