Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदका दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने

संसदका दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने

बिहिवार , चैत्र २६, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका छन्। 

चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिस बमोजिम राष्ट्रपति पौडेलले चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी दुवै सदनको अधिवेशन अन्त्य गरेका हुन्। 

'राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/१२/२४ को सिफारिसमा संवत् २०८२ साल चैत २७ गते शुक्रबार राती १२:०० बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ,' राष्ट्रपति कार्यालयको पत्रमा उल्लेख गरिएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार अधिवेशन अन्त्य शुक्रबार राति १२ बजेदेखि लागू हुनेछ ।

निर्वाचनपछिको संघीय संसद्को पहिलो बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने व्यवस्था छ । सोहि व्यवस्था अनुसार संसदको दुवै सदनको संयुक्त बैठकलाई भोलि शुक्रबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यसूची छ।

ss.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077