Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कपिलवस्तुमा मध्यराति बस दुर्घटना, २६ यात्रु घाइते

कपिलवस्तुमा मध्यराति बस दुर्घटना, २६ यात्रु घाइते

शुक्रवार , चैत्र २७, २०८२

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसवासामा गएराति भएको बस दुर्घटनामा २६ जना यात्रु घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे १ ख ४३७६ नम्बरको बस बिहीबार राति करिब १२स्३० बजे आफैं अनियन्त्रित भई सडक छेउमा पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका २६ जनामध्ये ८ जनाको अवस्था मध्यम र १८ जनाको अवस्था सामान्य रहेको ट्राफिक इन्स्पेक्टर राजन ढकालले जानकारी दिए ।

घाइतेमध्ये १२ जना उपचारपछि डिस्चार्ज भएर घर फर्किसकेका छन् भने अन्यको उपचार जारी रहेको छ।

प्रहरीका अनुसार बसमा चालकसहित ३७ जना सवार थिए। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077