काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।
शुक्रबार उनीहरुबीच मोरिससको पोर्ट लुइसमा भेटवार्ता भएको हो ।
भेटमा दुई देशबिच आपसी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको भारतीय विदेशमन्त्री जयशंकरले बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत शिशिर खनाललाई परराष्ट्रमन्त्री नियुक्त भएकोमा बधाई पनि दिएका छन् ।
परराष्ट्र मन्त्री खनाल जयशंकरकै निमन्त्रणामा मरिससको राजधानी लुइसमा आजदेखि आयोजना भएको नवौँ हिन्द महासागर सम्मेलन (आइओसी) मा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गरेका थिए ।