Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चन्द्रमाको यात्रा पूरा गरी चार अन्तरिक्ष यात्रीहरू पृथ्वीमा अवतरण

चन्द्रमाको यात्रा पूरा गरी चार अन्तरिक्ष यात्रीहरू पृथ्वीमा अवतरण

शनिवार , चैत्र २८, २०८२

एजेन्सी । १० दिन लामो ऐतिहासिक यात्रापछि चारजना अन्तरिक्ष यात्रीसहितको आर्टिमिस(२ अन्तरिक्षयान पृथ्वीमा अवतरण गरेको छ । 

अन्तरिक्ष यात्रीहरूलाई बोकेका प्यारासुट अमेरिकाको पश्चिमी तट नजिकै प्रशान्त महासागरमा सुरक्षित रूपमा अवतरण गरेका हुन् । यो मिसनले नयाँ कीर्तिमान पनि कायम गरेको छ । 

गएको अप्रिल ६ मा अन्तरिक्षयानले पृथ्वीबाट ४ लाख ६ हजार ७७१ किलोमिटर टाढा पुगेर मानव इतिहासकै सबैभन्दा टाढाको अन्तरिक्ष यात्रा गर्ने रेकर्ड तोडेको थियो ।  

अप्रिल १ अर्थात गएको चैत १८ गते सफल प्रक्षेपण भएको यो मिशनमा चार जना अन्तरिक्ष यात्री सहभागी छन् ।

ऐतिहासिक मिशनको नेतृत्व कमाण्डर रीड वाइजम्यानले गरेका थिए भने चालक दलमा पाइलट भिक्टर ग्लोभर, मिशन विशेषज्ञ क्रिस्टिना कोच र क्यानेडियन स्पेस एजेन्सीका जेरेमी ह्यान्सन सामेल थिए । 

डिसेम्बर १९७० मा एपोलो १७ पछि चन्द्रमाको यात्रा गरी पृथ्वीमा सुरक्षित फर्कने उनीहरू पहिलो मानव बनेका छन् ।

अवतरणपछि कमाण्डर वाइजम्यानले चालक दलका चारै जना सदस्य स्वस्थ रहेको सन्देश पठाएका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077