Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

संसदमा किन बोलेनन् बालेन ?, यस्तो छ कारण

संसदमा किन बोलेनन् बालेन ?, यस्तो छ कारण

शनिवार , चैत्र २८, २०८२

काठमाडौं । प्रतिनिधिसभाको पहिलो अधिवेशन प्रधानमन्त्रीको मौनताकै बीच औपचारिक रूपमा अन्त्य भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले अधिवेशन अन्त्य गरेको हो।

शुक्रबार बसेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिबाट प्राप्त पत्र पढेर अधिवेशन समाप्त भएको घोषणा गरेका थिए ।

गत फागुन २१ को निर्वाचनपछि चैत १९ गते सुरु भएको पहिलो अधिवेशन ६ वटा बैठकपछि टुंगिएको हो।

यस अवधिमा सभामुख र उपसभामुख चयनसँगै २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति र १५ सदस्यीय नियमावली मस्यौदा समिति गठनजस्ता प्रारम्भिक संसदीय संरचना निर्माणका काम सम्पन्न भएका छन् ।

तर अधिवेशनको सबैभन्दा चर्चित पक्ष भने प्रधानमन्त्री वालेन्द्र शाहको पूर्ण मौनता बन्यो । परम्पराअनुसार नयाँ संसदको पहिलो बैठकमै प्रधानमन्त्रीले सरकारको नीति, प्राथमिकता र दृष्टिकोण प्रस्तुत गर्ने अभ्यास रहँदै आएकोमा यसपटक त्यो परम्परा तोडिएको छ ।

करिब दुईतिहाइ (१८२ सिट) बहुमतसहित सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री शाहले अधिवेशनभरि संसदमा कुनै सम्बोधन गरेनन् । ९ दिनमा बसेका ६ वटा बैठकमा सांसदहरूले समसामयिक विषय उठाउँदै प्रधानमन्त्रीसँग प्रत्यक्ष जवाफ मागे पनि औपचारिक प्रतिक्रिया नआएको बताइएको छ।

यसबीच सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी ले १०० दिनभित्र लागू गर्ने शासकीय सुधारका कार्यक्रम सार्वजनिक गरिसकेको छ। तर ती कार्यक्रम संसदमार्फत प्रस्तुत गर्ने अवसर पनि प्रधानमन्त्रीले नलिएको भन्दै आलोचना भइरहेको छ।

यता, प्रधानमन्त्री शाह हिजो बिहान दाँत दुख्ने समस्याका कारण प्रहरी अस्पतालमा करिब दुई घण्टा उपचारपछि फर्किएका थिए। स्वास्थ्य समस्याका कारण उनी संसदमा नबोलेको हुनसक्ने अनुमानसमेत गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077