Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

आइतवार , बैशाख ६, २०८३

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ।

सोमबार (७ वैशाख) मा पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।

बैठकका अजेन्डा खुलाइएको छैन।

यसअघि आज सचिवालय बैठक बस्दै छ। सो बैठकमा संगठनसँग सम्बन्धित विभिन्न विषयहरूमा प्रारम्भिक छलफल हुने बताइएको छ।

बैठकका लागि जिल्ला अधिवेशन कार्यविधि २०८३ पारित गर्ने र महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन गर्ने प्रमुख कार्यसूची तय गरिएको छ।

त्यस्तै, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, सङ्घीय नेतृत्व मञ्च र विभिन्न विभागहरूमा सदस्यहरूको मनोनयनका विषयमा पनि बैठकमा निर्णय हुने छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077