Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१५ बैशाखदेखि रास्वपाको जिल्ला अधिवेशन

१५ बैशाखदेखि रास्वपाको जिल्ला अधिवेशन

आइतवार , बैशाख ६, २०८३

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन १५ वैशाखदेखि सुरु हुने भएको छ।

आइतबार बसेको रास्वपा केन्द्रीय सचिवालय बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो।

यसअघि सङ्गठन विभागको बैठकले अधिवेशनको कार्यतालिका तय गरेको थियो ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार सो निर्णयलाई औपचारिक रूपमा कार्यान्वयनमा लैजाने तयारी गरिएको छ।

यसैबीच भोलि रास्वपाको केन्द्रीय समिति बैठक बस्दै छ । उक्त बैठकमा सचिवालयबाट तय भएका विषयहरू प्रस्तुत गरी अनुमोदन गर्ने कार्यसूचीसमेत तय गरिएको जनाइएको छ।

केन्द्रीय समिति बैठकले सचिवालयद्वारा अघि सारिएका निर्णयहरूलाई अन्तिम रूप दिने अपेक्षा गरिएको पार्टी स्रोतले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077