Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रत्यक्ष नजितेका निर्वाचन क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी दिने रास्वपाको निर्णय

प्रत्यक्ष नजितेका निर्वाचन क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी दिने रास्वपाको निर्णय

आइतवार , बैशाख ६, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्षतर्फ निर्वाचित सांसद नरहेको  क्षेत्रमा समानुपातिकबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ।

आज केन्द्रीय कार्यालय वनस्थलीमा बसेको रास्वपा सचिवालय बैठकले उक्त निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

जिल्ला र निर्वाचन क्षेत्र सहितको सूची भोलिको केन्द्रीय समितिको बैठकबाट पारित गर्ने योजना रहेको उनले बताए ।

हाल १८२ सिटसहित संसदमा प्रतिनिधित्व गरिरहेको रास्वपाले देशभर १२५ स्थानमा प्रत्यक्ष र समानुपातिकबाट ५७ सिट पाएको थियो ।

जसअनुसार १२५ प्रत्यक्ष निर्वाचित बाहेकका ४० निर्वाचन क्षेत्रमा भने समानुपातिक सांसदहरुलाई जिम्मेवारी तोक्ने छ ।


 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077