Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कारोबारसंगै १३ अंकले घट्यो नेप्से

कारोबारसंगै १३ अंकले घट्यो नेप्से

सोमवार , बैशाख ७, २०८३

काठमाडौं। सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ।

आज नेप्से १३.१७ अंकले घट्दै २८२५.२३ विन्दुमा अडिएको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा ०.४६ प्रतिशतले कम हो।

सेयरबजारमा ३४९ कम्पनीको एक लाख १६ हजार ३१० पटकको कारोबारमा ११ करोड ६५ लाख तीन हजार ३७० कित्ता सेयर किनबेच भए। जसअनुसार सोमबार पाँच अर्ब ४३ करोड ४२ लाख ४० हजार २७६ रुपैयाँको कारोबार भयो।

सेयर बजारमा आज ६५ कम्पनीको सेयरमूल्य बढ्यो। १९७ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा ६ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज १३ समूहका कारोबार भएकामा होटेल तथा पर्यटन समूहको सूचक १।०१ प्रतिशतले बढ्नुबाहेक सबै समूह राताम्मे बने।

जसअनुसार जसअनुसार सोमबार वाणिज्य बैंक समूहको सूचक ०.८४‚ विकास बैंक ०.१६‚ फाइनान्स ०.७० प्रतिशतले घटे। होटेल तथा पर्यटन समूहको सूचक १.०१ प्रतिशतले बढ्यो। यस्तै जलविद्युत् ०.२३‚ लगानी समूह ०.८४‚ जीवन बिमा ०.६२ प्रतिशतले घट्यो।

यसैगरी उत्पादन तथा प्रशोधन ०.८४‚ लघुवित्त ०.४९‚ म्युचुअल फन्ड ०.०८‚ निर्जीवन बिमा ०.११‚ अन्य ०.४० र व्यापार समूहको उपसूचक ०.३३ प्रतिशतले ओरालो लागे।

नेप्सेमा सोमबार सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी र होटेल फरेस्ट इन लिमिटेडको सेयर मूल्य १५ प्रतिशतले बढे। यसैगरी दोल्ती पावर कम्पनी लिमिटेडको सेयरमूल्य ५.३५ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा होटेल फरेस्ट इन लिमिटेड अग्रस्थानमा रह्यो। आज होटेल फरेस्ट इनको ३६ करोड एक लाख ५९ हजार ५८५ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड सबैभन्दा अगाडि रह्यो। नेसनलको सेयर सोमबार नौ लाख ३८ हजार १२७ कित्ता किनबेच भयो। यसको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता ३०६ रुपैयाँ कायम रह्यो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077