Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चुनाव हारेका भूपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको निर्णय

चुनाव हारेका भूपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको निर्णय

सोमवार , बैशाख ७, २०८३

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भूपदेव शाहलाई महामन्त्री चयन गरेको छ ।

वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग भएको सहमति अनुसार रास्वपाले आज बसेको केन्द्रीय समिति बैठकमा भूपदेवलाई महामन्त्री बनाउने प्रस्ताव अघि सारिएको थियो ।

उक्त प्रस्तावलाई केन्द्रीय समिति बैठकले अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

प्रधानमन्त्री शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा भूपदेव उनका प्रमुख स्वकीय सचिव थिए । 

प्रधानमन्त्री शाहले मेयर पद छाडेर रास्वपा प्रवेश गर्दा भूपदेव पनि उनीसँगै सचिवालयमा थिए । त्यसपछि रास्वपासँग एकीकरणको प्रक्रियाका क्रममा उनी पार्टीको केन्द्रीय सदस्य बनेका थिए ।

उनी फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा अछाम क्षेत्र नम्बर २ बाट उम्मेदवार थिए । यद्यपि उनी निर्वाचनमा भने पराजित भएका थिए ।

यसअघि भएको सहमति अनुसार, महामन्त्रीमा सुनिल लम्साल थिए भने भूपदेव सहमहामन्त्री थिए । तर,लम्सालले अहिले भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी सम्हालेपछि भूपदेवलाई पार्टीको महामन्त्रीमा चयन गरिएको हो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077