Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

२.९५ अंकले घट्यो नेप्से कारोबार भने बढ्यो

२.९५ अंकले घट्यो नेप्से कारोबार भने बढ्यो

बुधवार , बैशाख ९, २०८३

काठमाडौं। बुधबार पनि नेपाल स्टक एक्सचेन्ज ९नेप्से० घटेको छ।

आज नेप्से २.९५ अंकले घट्दै २८०४.१७ विन्दुमा अडिएको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा ०.१० प्रतिशतले कम हो। 

नेप्सेमा बुधबार ३४२ कम्पनीको एक लाख २१ हजार ४३३ पटकको कारोबारमा एक करोड ७५ लाख ८८ हजार ८५४ कित्ता सेयर किनबेच भए। जसअनुसार सात अर्ब ८१ करोड ३९ लाख ४७ हजार ३४२ रुपैयाँको कारोबार भयो। मंगलबार पाँच अर्ब ७७ करोड ४३ लाख १७ हजार ८७९ रुपैयाँको कारोबार भएको थियो।

आज १२१ कम्पनीको सेयरमूल्य बढ्यो। १३८ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १० कम्पनीका सेयरमूल्य स्थिर रहे।  १३ समूहका कारोबार भएकामा पाँच समूहको उपसूचक बढे भने बाँकी आठ समूहका सूचक ओरालो लागे।

जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.१२ प्रतिशतले बढ्दा विकास बैंक ०.२७ प्रतिशतले घट्यो। यसैगरी फाइनान्स ०.५८ प्रतिशतले बढ्यो। होटेल तथा पर्यटन समूहको सूचक २.३६ प्रतिशत र जलविद्युत् समूहको सूचक ०.०६ प्रतिशतले घट्यो। यस्तै लगानी समूहको सूचक ०.०९ प्रतिशतले बढ्यो भने जीवन बिमा समूहको सूचक ०.२५ प्रतिशतले घट्यो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077