Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्सेसंगै कारोबार पनि घट्यो

नेप्सेसंगै कारोबार पनि घट्यो

बिहिवार , बैशाख १०, २०८३

काठमाडौं। बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको  छ। 

आज नेप्से १७.०१ अंकले घट्दै २७८७.१५ विन्दुमा अडिएको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा ०.६० प्रतिशतले कम हो।

नेप्सेमा बिहीबार ३४८ कम्पनीको ९३ हजार ९०७ पटकको कारोबारमा एक करोड १३ लाख ७५ हजार ६९९ कित्ता सेयर किनबेच भए। जसअनुसार बिहीबार पाँच अर्ब नौ करोड ५९ लाख पाँच हजार ९०५ रुपैयाँको कारोबार भयो। 

बुधबार सात अर्ब ८१ करोड ३९ लाख ४७ हजार ३४२ रुपैयाँको कारोबार भएको थियो।

सेयर बजारमा आज ४६ कम्पनीका मात्र सेयरमूल्य बढ्यो। २१६ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा सात कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज १३ समूहका कारोबार भएकामा तीन समूहको उपसूचक बढे भने बाँकी १० समूहका सूचक ओरालो लागे।

जसअनुसार बुधबार वाणिज्य बैंक समूहको सूचक ०.७७‚ विकास बैंक ०.०८‚ फाइनान्स १.०६‚ होटेल तथा पर्यटन १.४२‚ जलविद्युत् १.०५‚ लगानी समूहको सूचक ०.५३‚ जीवन बिमा समूहको सूचक ०.४३ प्रतिशतले घट्यो।

यसैगरी उत्पादन तथा प्रशोधन समूह ०.६० प्रतिशतले बढ्दा लघुवित्त ०.५३ प्रतिशतले घटेको छ। म्युचुअल फन्ड समूह ०.०५ प्रतिशतले बढ्यो। यस्तै निर्जीवन बिमा १.१९ र अन्य समूहको सूचक ०.८५ प्रतिशतले घट्यो। व्यापार समूहको उपसूचक भने ०.४३ प्रतिशतले बढेको छ।

पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड र शिखर पावर डेभलपमेन्ट लिमिटेडका सेयरधनीले १४.९९ प्रतिशतले आम्दानी गरे। यसैगरी सूर्यकुण्ड हाइड्रो इलेक्टिक लिमिटेडका लगानीकर्ताले ११.७९ प्रतिशतले सेयरमूल्य गुमाए।

कारोबार रकमका आधारमा रिलायन्स स्पनिङ मिल्स लिमिटेड अग्रस्थानमा रह्यो। आज रिलायन्सको ३० करोड ४२ लाख ५२ हजार २१ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज प्रभु स्मार्ट फन्ड सबैभन्दा अगाडि रह्यो। प्रभुको सेयर बिहीबार आठ लाख ३७ हजार ३०० कित्ता किनबेच भयो। यसको अन्तिम कारोबार मूल्य भने प्रतियुनिट १३ रुपैयाँ १५ पैसा कायम रह्यो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077